काठमाडौं । अहिले विश्वभर डरलाग्दो तरिकाले फैलदै गएको कोरोना भाइरसले मान्छेलाई अझ स्वार्थी बनाएको छ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबु–छोरीको ज्यान गएको छ । हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा ज्यान गएको हो ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार मृत्यु भएको हो । पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो । दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सनले लेखेको छ । समाचारका अनुसार आफ्ना श्रीमानको अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन् ।

https://www.youtube.com/watch?v=o4ebCmdm-GM

‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन । यो निकै दर्दनाक अवस्था हो।’ बुवा सुधीरलाई विमानस्थल वा कहाँ भाइरस संक्रमण भएको भन्ने खुलेको छैन । विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो । सुधीर पश्चिमी लन्डनको हन्स्लो निवासी हुन् । News Source

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ICaet8QM-eI

https://www.youtube.com/watch?v=08gJT6JSUg0&t=3s

सम्बन्धित खबरहरु