कोरोना भाइरसबारे स्वाद र गन्धमा खुल्यो थप रहस्य


काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसबारे थप रहस्य खुलेको छ । जानकारहरुका अनुसार अहिले यसका थप २ लक्षणबारे अध्ययन सुरु भएको छ । अहिले बाहिर आएको जानकारी अनुसार कोरोनाका बिरामीले स्वाद र गन्धबारे थाहाँ पाउँदैनन् । बेलायत र अमेरिकाका डाक्टरहरुले यस्तो खुलासा गरेका हुन् । यसबाट कोरोनाका बिरामीको पहिचान गर्न सजिलो हुने बताइएको छ । कोरोनाभाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने एक बिमारी हो भन्ने अनुमान भइरहेको छ तर यो कुरा पुष्टि भएको छैन । मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ ।

हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन । कोरोनाभाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस होपनि भनिएको छ । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।

  • जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
  • खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्रोसँग हात धुने।
  • रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
  • भिडभाडमा सावधानी अपनाउने।
  • महत्त्वपूर्ण काम नपरेसम्म बाहिर ननिस्कने।
  • पौष्टिक आहारहरुको सेवन गर्ने ।
  • वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने ।
  • माछामासु राम्रोसँग पकाएर मात्र खाने ।
  • अन्जान मान्छेहरु सँग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सट्टा टाढैबाट कोरोना नमस्कार गर्ने ।
  • हातले (नाक, मुख, आँखा)मा नछुने ।
  • यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता