काठमाडौं । अहिले विश्वभर एक आतंकको रुपमा रहेको कोरोना भाइरसले केही महिनाको अन्तरालमा दशौं हजारको ज्यान लिएको छ । विश्वभर अहिले २७ हजार भन्दा धेरैको ज्यान गएको छ भने ६ लाख आसपास मान्छेहरु संक्रमित भएका छन् । चीनबाट सुरु भएर बाँकी विश्वमा गएको यस भाइरसबाट सिंगो विश्व ठुलो संकटमा आएको छ । सुरुवातमा संक्रमण भएकाहरुमध्य ५ प्रतिशत आसपासको ज्यान गएकोमा अहिले यो संख्या अस्वभाविक तरिकाले बढेको छ । इटली, स्पेन लगायतका देशहरुमा धेरैले ज्यान गुमाएका छन् ।

 

अमेरिकाले नयाँ इतिहास रच्दै संक्रमितहरुको संख्या एक्लैलले एक लाख भन्दा धेरै पुर्याएको छ । अहिले अमेरिका पनि चीनसँग मिलेर कोभिड–१९ अर्थात कोरोना भाइरससँग लड्न तयार भएको छ । सुरुवातमा चिनियाँ वा वुहान भाइरस भन्दै आएको अमेरिका अहिले उक्त अडानबाट पछि हटेको छ । विश्वका कमजोर अर्थतन्त्र भएका देशहरु तनाबमा छन् । यो भिडमा नेपाल पनि पर्दछ । आज हामी बालबालिकामा यस्को असर र अभिभावले ख्याल गर्नुपर्ने कुराका बारेमा चर्चा गर्न गइरहेका छौ ।

 

कोरोनाले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन । यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड–१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र देखिएको छ । हालसम्म कोभिड–१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन् ।

तपाँईले बालबालिकामा कोभिड–१९ का लक्षण देखिएमा के गर्ने ?
कोभिड–१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस्–खोकी र ज्वरोजस्ता सामान्य रुघा–खोकीको लक्षण र कोभिड–१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ। नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुहोस् ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस्। आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस्।

https://www.youtube.com/watch?v=o4ebCmdm-GM

परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने ?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड–१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।

के छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ ?
यदि तपाईंका बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् । अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानुहोस्।

यदि तपाईंका बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ । तर सरकारले अहिले शिक्षण संस्थाहरु बन्द गरिसकेको छ ।

बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुहोस्, जस्तैः नियमित रुपमा हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी–रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि सिकाउनुपर्छ । तपाँईले बच्चालाई सँगै राखेर केही फरक कुराहरु पनि सिकाउन सक्नुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ICaet8QM-eI

सम्बन्धित खबरहरु