काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ महामारीले नेपालमा पनि डरलाग्दो रुप लिन सक्ने देखिएको छ । खाडी र युरोपबाट फर्केकाहरुमा धेरै जोखिम देखिएको छ । नेपालमा एकै हप्ता चारजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । ९ माघमा पहिलोपटक चीनबाट आएका एकजना युवकमा कोरोना भाइरस संक्रमित भेटिएपनि त्यसयता दुई महिना कुनैपनि संक्रमित भेटिएका थिएनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पाँच सय शंकास्पदको टेष्ट गर्दा पनि कसैमा पनि संक्रमण भेटिएको थिएन । तर यो बीचमा कोरोनाले युरोपमा जरो गाडेपछि नेपालमा पनि प्रभाव परेको हो । ५ जना संक्रमितमध्ये दुईजना युरोप, दुईजना संयुक्त अरब इमिरेट्स र एकजना चीनबाट फर्केका नेपाली हुन् । दुईजना वैदेशिक रोजगारीबाट फर्केका हुन् भने तीन जना अध्ययनका सिलसिलामा विदेश गएका विद्यार्थी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एकै हप्ता चारजना संक्रमित भेटिएपछि सरकारले लकडाउन झन् कडा गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरी लगाएर ठिक गर्ने काम हुँदैछ । हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । सबैको उमेर १९ देखि ३५ वर्षको बीचमा रहेको छ । विदेशमा संक्रमणको सिकार भएर विभिन्न देशहरुमा नेपालीहरुले ज्यान गुमाइरहेका छन् ।

https://www.youtube.com/watch?v=dOH2_2hpAT8

सम्बन्धित खबरहरु