काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले कसैलाईपनि छोडेन । संक्रमणबाट स्पेनमा राजकुमारीको समेत ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ बर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन पर्मा राजकीय परिवारकी सदस्य हुन् ।

युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ ।स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

सम्बन्धित खबरहरु