राजाराम कार्की, काठमाडौँ  । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण देखिएको पुष्टि भइसकेको छ । झलै यहाँ महामारीको रुपधारण गरिसकेको छैन ।
चैत १६ आइपुग्दासम्म उपत्यकामा तीन र उपत्यका बाहिर धनगढीमा दुई गरी जम्मा पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भए पनि एक व्यक्ति निको भइ घर फर्किसकेका छन् । बाँकी चार व्यक्तिमध्ये एकको सेती प्रादेशिक अस्पताल धनगढीमा, बाँकी दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक युवतीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

नेपालमा यो रोग विदेशमा रहेका नेपालीका कारण फैलिरहेको छ । यसबाट जोगिन सरकारले जनताको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै एकान्तवासमा बस्न अनुरोध गरेको छ । एकान्तवासम रहँदा व्यक्तिगत स्वास्थ्यलाई विशेष ध्यान, डर, त्रासमा नरही संयमित बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस रोगलाई महामारीको सूचीमा सूचीकृत र विश्व आपतकालीन अवस्थाको घोषणा गरेको समयमा सरकारको आदेश पालन गर्नु जिम्मेवार नागरिकका कर्तव्य हुन्छ । सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई आ–आप्mना घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झण्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । प्रहरी अधिकृत विश्वनाथ जिसीका अनुसार एकान्तवासबाट जबर्जस्त बाहिर निस्कन खोज्नु, जाँडरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अटेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जुवातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अटेर गरेको ठर्हछ ।

धार्मिक ग्रन्थ निर्णयसिन्धुले एकान्तवासमा बस्दा हल्का खानेकुरा जस्तै– फलफूल, सागसब्जी, गेडागुडी, टुसा उम्रेका अन्न, जौँको सातु, अन्नबालीबाट तयार गरिने झोलिलो पदार्थ (सुप) खान सुझाएको छ । एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकाले अनावश्यक पोषिलो खाद्यान्न खादा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकाले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् । शीर मेमोरियल अस्पतालका चिकित्सक डा अमिश कार्कीले कोरोना भाइरस सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नहुने तर कोरोनाका भाइरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिनुभएको छ । डा कार्कीले कोरोना सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका उदाहरण दिनुहँुदै रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लाग्दैमा मानिस मर्दैनन्, यद्यपि डर, त्रास र चिन्ताले आत्मविश्वास गुमाइयो भने मर्नलाई बेर लाग्दैन भन्नुहुन्छ ।

 

पोषणविद् सुशीलादेवी शर्मा एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्याँदा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गोलालाई फाइदा पुग्दछ भन्नुहुन्छ । श्वासप्रश्वासबाट कोरोना भाइरस छिटो सर्छ । यस्ले बूढापाक, मधुमेह, मुटुरोगी तथा मिर्गोलाका रोगीलाई तत्काल असर गर्ने भएकाले समेत शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरुले थप सुझाव दिएका छन् ।

https://www.youtube.com/watch?v=z16Zx6d0qfA&t=418s

डिसेम्बरको अन्तिम दिन चीनको वुहान शहरमा पहिलोपटक नयाँ भाइरस भेटिएको चिकित्सकहरुले चीन सरकारलाई जानकारी गराइएका थिए । जनवरी–३ मा ४४ व्यक्तिमा यो रोग एकैपटक देखिएपछि जनवरी ७ बाटै चीन सरकारले उपचारमा तदारुकता देखाउँदै बिमारीलाई आइसोलेसनमा राखेर उपचार शुरु ग¥यो । सङ्क्रमण देखिएको सात दिनमै चीनले कडा सुरक्षाका बीच वुहान लकडाउन गरेर उपचार थाल्दा बेइजिङ, साङ्घाई, गुयोन्जडोङमा कोरोना फैलिसकेको थियो । फलस्वरुपः चीनले कडारूपमा जनतालाई निगरानीमा राख्यो र त्यहाँ जनताले सरकारको आदेश पूर्णरूपमा पालना गरेअनुसार हाल चिनियाँ जनतामा नयाँ कोरोना भाइरस देखिएको छैन । हाल चीनमा देखिएको नयाँ सङ्क्रमण चिनियाँ जनतामा नभई अन्यत्रबाट आएका नागरिकमा देखिएको हो ।

डब्लुएचओले जनवरी ११ र १२ मा चीनको स्वास्थ्य आयोगसँग परामर्श गर्दा आयोगले वुहानस्थित सामुद्रिक खाद्यान्न बिक्री केन्द्रमा भेला भएका ग्राहकमा कोरोना भाइरस देखिएको हुनसक्ने अनुमान गरेका थिए । कोरोना भाइरस फैलिएको २३ दिनपछि अर्थात् जनवरी २३ मा डब्लुएचओले स्वास्थ्य आपतकाल घोषण गर्दासम्म विश्वमा सतर्कता र सावधानीको सन्देश प्रवाह भइसकेको थियो । यद्यपि यस अवधिमा इटाली र अमेरिकामा सरकारको सन्देशलाई अवज्ञा गरेकै कारण अहिले त्यहाँ कोरोना भाइरसको महामारी तीव्रगतिमा फैलिरहेको डब्लुएचओले दाबी गरेको छ । मार्च २६ तारिखमा एशियाका धेरै चिकित्सकले अमेरिकालाई सावधानी अपनाउन अमेरिकी राष्ट्रपतिलाई खुलापत्र लेखेका छन् । सरकारको निश्चित आदेशलाई पूर्णरूपमा पालन गरेकै कारण शुरुमै कोरोना भाइरसको सङ्क्रमण देखिएका देशहरु क्रमशः थाइल्याण्ड, जापान र गणतान्त्रिक कोरियामा नयाँ सङ्क्रमण नगन्य देखिएको छ ।

 

कोरोना भाइरस महामारीकै रुपमा फैलिरहेको छ । मार्च २९ (आज) तीन हजार ५०७ को मृत्यु, ६६ हजार ६०१ नयाँ सङ्क्रमण, २५ हजार ४१२ को अवस्था चिन्ताजनक देखिएको तथ्याङक वल्र्ड मिटरले सार्वजनिक गरेको छ । वल्र्डमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञसमूह सहभागी रहेको संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

सम्बन्धित खबरहरु