काठमाडौं । देशभर लगाइएको लकडाउनको उलङ्घन गर्नेलाई प्रहरीले कडा कारबाही गर्दै आएको छ । यसको असर कालिकोटमा पनि गम्भीर रुपमा देखिएको छ । यहाँ लगायत देशभर नै लकडाउनले आवागमन ठप्प छ । पैदल हिँड्नसमेत कडाइ गरिएको छ । तर कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाही एम्बुलेन्स चढेर सुर्खेतबाट कालिकोट आएपछि सर्वत्र आलोचना भइरहेको छ । जिल्ला अस्पतालको एम्बुलेन्स दुरुपयोग गरी उनी शुक्रबार साँझ सुर्खेतबाट पुगेपछि स्थानीयले विरोध गरेका हुन् ।

घर जान जिल्ला निर्वाचन कार्यालयनजिक सांसद शाही एम्बुलेन्सबाट उत्रेको देखेर स्थानीय एक युवाले फोटो खिचे । एक युवकले भने, ‘सांसद एम्बुलेन्सबाट झर्दै गर्दा मैले एम्बुलेन्सको नै फोटो खिचें । किन फोटो खिचेको भनेर सांसद रिसाए । सांसद शाहीसँग मेरो सामान्य विवाद पनि भयो । पछि प्रहरीले मलाई बोलाउँदै थियो । म त्यहाँबाट भागें । सांसद चढेको एम्बुलेन्सको फोटो खिच्दा प्रहरीले उल्टै मलाई समात्न खोजेको हो । म भागेपछि प्रहरी पनि खोजेर आएन।’

सर्वसाधारणले लकडाउनका कारण दैनिक उपभोग्य सामान किन्नसमेत नपाएको बेला सांसद भने एम्बुलेन्स दुरुपयोग गरी लकडाउन उल्लंघन गरेको भन्दै स्थानीयले आलोचना गरेका हुन् । सुर्खेतबाट आएका सांसदलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको माग छ। यता सांसद शाहीले आफू प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्ला अस्पतालको मास्क र इन्भर्टर लिएर गएको बताएका छन् । उनका अनुसार एम्बुलेन्सको दुरुपयोग गरिएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

https://www.youtube.com/watch?v=z16Zx6d0qfA&t=418s

सम्बन्धित खबरहरु