नयाँदिल्ली, १६ चैत (रासस/एएनआई) – भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन सदस्यीय इजलासले सबै प्रदेशमा एउटा उच्चस्तरीय समिति गठन गरी तत्काल छाड्न सकिने कैदीहरुको नामावली तयार गर्न आदेश दिएको थियो । उक्त समितिमा कानुन सचिव र राज्यको कानुन सेवाका अध्यक्षलाई समावेश गर्न भनिएको थियो ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु