काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

“ झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटियो”, प्रहरी निरीक्षक रायमाझीले भन्नुभयो, “त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उहाँले बताउनुभयो । महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

https://www.youtube.com/watch?v=urtCcLfwDJk

सम्बन्धित खबरहरु