काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसबाट अहिले सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । यो बीचमा त्यही अमेरिकाबाट एउटा राम्रो खबर आएको छ । मलेरियाविरुद्धका दुई औषधि कोरोना भाइरस संक्रमितका लागि आपतकालिन रुपमा प्रयोग गर्न मिल्ने भएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन निकायले यस्तो ती औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न स्वीकृति दिएको खबर बाहिर आएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागले यस्तो जानकारी दिएको हो । विभागले क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन सहित राष्ट्रिय भण्डारमा रहेका औषधिबारे विवरण सार्वजनिक गरेको छ । क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन दुबै औषधि कोभिड १९ विरुद्ध प्रयोग हुनसक्ने बारेमा अनुसन्धान पनि भइरहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एफडिएका अनुसार ती मलेरियाका औषधिलाई चिकित्सकको अनुमतिमा अस्पतालमा भर्ना गरिएका किशोरकिशोरी र वयष्कका लागि क्लिनिकल परीक्षण सम्भव नभएको वा उपलब्ध नभएको अवस्थामा यसको प्रयोग गर्न सकिनेछ ।

https://www.youtube.com/watch?v=cFAaeWCfdrY

ट्रम्पले गत साता यी दुई औषधि ‘परमेश्वरको उपहार’ हुनसक्ने भन्दै यसका लागि स्वीकृति मिलिसकेको प्रतिक्रिया दिएका थिए । सरुवा रोग विशेषज्ञ एन्थोनी फौकी सहित धेरै अनुसन्धाताहरुले वृहद क्लिनिकल परीक्षण नगरेसम्म आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु