एजेन्सी । कोरोना भाइरसको प्रकोपले विश्व महामारीको रुप लिइसकेको छ । यही बीचमा विभिन्न भिडियोहरु भाइरल भइरहेका छन् । आज एक भिडियो विश्वभरी नै फैलिरहेको छ जसमा कोरोना भाइरस देखिनुभन्दा पहिले नै एक वेब सिरिजमा भविष्यवाणी गरिएको दावी गरिएको छ । उक्त वेब सिरिजमा जे भनिएको छ त्यही भइरहेको र यो भाइरस नभई जैविक हतियार भएको भन्दै भिडियो तथा पोष्टहरु भाइरल गराईएको छ । दावी गरिएको छ की कोरियन ड्रामा माई सीक्रेट टेरियस जुन सन् २०१८ मा नै प्रशारित भएको थियो । जहाँ अहिलेको कोरोना भाइरस उल्लेख छ जसले जसरी महामारी रुप लिएको छ त्यसरी नै त्यहाँ देखाइएको छ भनिएको छ । यो भाइरल सन्देश असली हो या नकली यो भिडियोमा हामीले छुट्याएका छौ ।
कोरोनोबारे ‘माइ सीक्रेट टेरियस’ले सन् २०१८ मा नै जैविक हतियार भएको खुलासाको सत्यता के हो ? [भिडियोसहित]
जनबोली न्यूज नेटवर्क
मङ्गलबार १८ चैत, २०७६
पढ्न लाग्ने समय: < 1 minute