भक्तपुर । भक्तपुरको सूर्यविनायक चोकमा ड्युटीमा रहेका प्रहरी अधिकृत (हवल्दार) माथि चक्कु प्रहार भएको छ । मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सूर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका हुन् । चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=cFAaeWCfdrY

सम्बन्धित खबरहरु