काठमाडौ । आउँदो वर्ष २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिरमा पुगेको छ १ गते परेको छ । यो यस वर्षको भन्दा झण्डै एक महिना पछि पर्न गएको छ । २०७६ मा असोज २१ गते दशैं परेको थियो भने तिहार कात्र्तिक १२ गते पर्न गएको थियो । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा सरेको छ ।

सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हस्पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ । धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्ने गर्दछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु