काठमाडौं । बाहिरबाट आएका व्यक्तिहरुको बारेमा जानकारी दिएको भन्दै एकजनाको ज्यान लिइएको छ । घटना भारत, बिहार राज्यको पटनाको हो । यहाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि उठाइएको कदमका कारण हिंसाको घटना बढेको छन् । त्यहाँ कतै ज्यान लिएका रिपोर्टहरू छन्, त कतै हमलाका रिपोर्टहरू छन् । सीतामढीमा मुम्बईबाट फर्केका दुई व्यक्तिको बारेमा प्रशासनलाई सूचना दिएको भन्दै एक जना युवकलाई कुटपिट गरियो ।

https://www.youtube.com/watch?v=QpbhSiDkI2w

यस मुद्दामा दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको भाईले पुलिसलाई भनेका छ कि मार्च २० मा गाउँमा दुई जना मानिस मुम्बईबाट फर्केका थिए । उसको भाइले कन्ट्रोल रूममा यो खबर गरेको थियो । यस कारणले गर्दा उनका आफन्तहरू उनका भाइसँग रिसाए र आइतवार साँझ उनको ज्यान लिने काम गरे। यस बाहेक, गोपालगञ्ज गाउँमा फर्केका श्रमिकहरूको मेडिकल जाँचको लागि आएको टोलीले दुर्व्यवहार गरेको थियो । नेपालसँग सीमा जोडिएको बिहार राज्यमा कोरोना बिरामीहरुको संख्या बढेर १६ पुगेको छ । सरकारले बिहारको सिमानामा अरु राज्यबाट फर्केका मानिसहरूलाई रोकेका छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=XOD9FN_Ea4I&t=40s

सम्बन्धित खबरहरु