काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोविड १९) महामा री फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोनाको महामा री फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधा सम्पन्न होटलमा खाने र बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले उपचारमा संलग्न हुने सबैलाइ अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोली यदी महामा री भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ ।’ सरकारले यस अघि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उपचारमा संलग्न हुनेको निःशुल्क बीमा थप भत्ता लगायतका सुविधा दिने निर्णय गरसिकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=D_Zq4l-HjhU

सम्बन्धित खबरहरु