काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य अहिलेसम्मकै उच्च दरमा एकै पटक घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य नेपालमापनि घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ । यो अहिलेसम्मकै उच्च दरको गिरावट हो ।

 

पशुपति परिसरका गाईलाई दानापानीको अभाव
पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा बचाउ तथा समाज विकास अभियानका अभियानकर्मी आरबी न्यौपानेले बताउनुभयो ।

“हाम्रो संरक्षणमा १०० भन्दा धेरै गाईबाच्छा छन्”, उहाँले भन्नुभयो, “सीमित अवधिका लागि मात्रै घाँस पराल थियो, त्यो सबै सकियो, न दानाको व्यवस्था छ, गाईबाच्छा खाना नपाएरै मर्ने अवस्थामा पुगेका छन् ।” न्यौपानेका अनुसार ती गाईबस्तुका लागि पराल दिन्छु भन्ने दाता भए पनि लिन जाने पास नभएका कारण घाँस पराल ल्याउन पाइएको छैन । काठमाडाँै जिल्ला प्रशासनमा पासका लागि तीन दिन अघि निवेदन दिएको भए पनि हालसम्म पास उपलब्ध नभएको उहाँले बताउनुभयो ।

विकास अभियानले पाँचवर्षदेखि उपत्यकाका सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ । यही अभियानअन्तर्गत विकास अभियानले पशुपति मन्दिर परिसरको खाली जग्गामा त्यस्ता अलपत्र परेका गाईबाच्छाका लागि बस्ने र खाने व्यवस्था गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=cFAaeWCfdrY

सम्बन्धित खबरहरु