कोरोना महामारी : परीक्षा नलिई दिल्ली सरकारले ८ कक्षा सम्मका सबै विद्यार्थी पास गर्ने


काठमाडौं । अहिले विश्वभर कोरोना महामारीले सबैलाई हैरान बनाएको छ । यसको मारमा विद्यार्थी सबैभन्दा धेरै परेका छन् । यो बीचमा भारतको दिल्ली राज्य सरकारले विद्यार्थीहरुका लागि खुःशीको खबर दिएको छ । यहाँको राज्य सरकारले नर्सरी देखि कक्षा ८ सम्मका सबैलाई पास गराउने बताएको छ । परीक्षा सरेको लगायत कारण देखाउँदै दिल्ली सरकारले कक्षा ८ सम्मका सबै विद्यार्थीलाई उर्तिण गराउने बताएको हो ।

मुलुकमा कोरोनाभाइरसको चलिरहेको संकटको बीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार साँझ डिजिटल प्रेस सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । दिल्लीका मुख्यमन्त्रीले मानिसहरूलाई अफवाहलाई बेवास्ता गर्न अपील गरेका छन् । उनले भने, ‘अहिले कडाई भइरहेको छ, जसका कारण मानिसहरूलाई सडकमा बाहिर निकाल्ने प्रक्रिया बन्द भएको छ । म खुसी छु कि मानिसहरूले अब अफवाहहरुमा कम ध्यान दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नजिकैका राज्यहरूका मानिसहरू पनि दिल्ली भित्र छिर्न प्रयास गर्दैछन्, ताकि तिनीहरू दिल्ली पार गरेर अन्य राज्यहरूमा जान सकून्, तर पुलिस र प्रशासनले उनीहरूलाई त्यहाँ रोक्यो । कुनै पनि अफवाहहरूमा विश्वास नगर्नुहोस् । यो इमान्दारिता देखाउने अवसर हो, यदि त्यहाँ गडबड छ भने, तपाईंलाई जेलमा मिल पिसाउनु पर्छ ।’ यस साक्षात्कारमा दिल्लीका उप मुख्यमन्त्री एवं शिक्षामन्त्री मनीष सिसोदियाले कक्षा ८ सम्मका विद्यार्थीहरुलाई उर्तिण गराउँने देखि घरमा बसेर पढ्न मिल्ने वातावरण गर्ने पनि जानकारी दिए ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता