काठमाडौं । अहिले नेपालमा मात्रै नभई विश्वभरमा सुरक्षाकर्मी र चिकित्सकहरुको तारिफ भइरहेको छ । आफ्नो र परिवारको ख्याल नगरी उनीहरुले देखाएको त्याग कुनै सामान्य कुरा छैन । यस्ता धेरै सन्देश सामाजिक सञ्जालहरुमा खुबै भाइरल भइरहेका छन् । यस्तै एक तस्बिर अहिले भाइरल भएको छ । भारत अरुणाचल प्रदेशकी एक ९ वर्षीया बालिकाले आफ्नो बुबालाई सहयोग गर्न सबैसँग अपिल गरिन् ।

यसका लागि, उनले सबैलाई २१ दिनको लकडाउनमा घर नछोड्न अनुरोध गरेकी छिन् । केन्द्रीय खेल मन्त्री र सांसद किरण रिजुजले आफ्नो ट्विटर ह्यान्डलमा उक्त बलिकाको तस्वीर पोष्ट गरेका छन् । यसमा उनलाई कागजको टुक्रा समातिरहेको देख्न सकिन्छ । पर्चामा यो लेखिएको छ, ‘मेरो बुबा एक प्रहरी हुनुहुन्छ र मबाट टाढा तपाईंलाई मद्दत गर्न । के तपाईं घरमा रहेर तिनीहरूलाई मद्दत गर्न सक्नुहुन्छ ?’ यसमा, रिजिजुले भने, ‘प्यारी बालिकाको भावनात्मक तर दिल झकझोरने सन्देश ।

https://www.youtube.com/watch?v=cFAaeWCfdrY

यस संकटको समयमा सबै पुलिसलगायत सबै जनताको सुरक्षाको लागि काम गर्नेहरुको तारिफ गर्नुहोस ।’ प्रयोगकर्ताहरूले पनि यस बालिकाको सन्देशको तारिफ गरेर कानून र आदेश अनुसरण गरिरहेका सबै अधिकारी र कर्मचारीहरूलाई अभिवादन गरेका छन् । केही दिन पहिले यस्तै एक बालिकाको सन्देश भाइरल भएको थियो । जसमा ‘म ९ महिना आमाको गर्भमा बस्न सक्छु तर तपाँईहरु किन २१ दिन घरमा बस्न सक्नु हुँदैन’ भनिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/KirenRijiju/status/1244984290267430913?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1244984290267430913&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fnational%2Fnews%2Fkiren-rijiju-latest-instagram-post-on-arunachal-pradesh-policeman-daughter-emotional-message-over-india-fight-coronavirus-127088637.html

सम्बन्धित खबरहरु