काठमाडौं । आज देशको पहाडी भू–भागका अपरान्ह तथा साँझतिर थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ तथा असिना सहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन मौसम पुर्वानुमान महाशाखाले चेतावनी दिएको छ । आज दिनभरीको मौसम पहाडी भू–भागमा आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । यस्तै आज राति देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यो सँगै महाशाखाले एक महत्वपुर्ण सुचना जारी गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सञ्चार माध्यमका लागि जरुरी सुचना

विश्वभर COVID-19 महामारी फैलिई नेपालमा समेत Lock Down जारी भएको यस विषम परिस्थितिमा मौसम पुर्वानुमान महाशाखाबाट सदा झै मौसम पुर्वानुमान र उड्डयन मौसम सम्बन्धि अति-आवश्यक सेवा प्रदान गरिदै आएको सर्वविदित नै छ । वर्तमान असहज परिस्थितिमा प्रेस जगतलाई सकभर टेलिफोनबाटै सुचना संकलन गरी त्रिभुवन विमानस्थल गौचर स्थित मौसम पुर्वानुमान कार्यकक्षमा भिडभाड नगरि दिन हुन सम्बन्धित सवैमा अनुरोध छ ।

मौसम पुर्वानुमान महाशाखा

जल तथा मौसम विज्ञान विभाग

सम्बन्धित खबरहरु