काठमाडौं । बेलायतमा कोरोना महामारी बढ्दैछ । प्रधानमन्त्री बोरिस जोनसनसम्मलाई कोरोना संक्रमण भएको छ । यो बीचमा खबर आएको छ की ब्रिटिश एयरवेजले ३६ हजार कामदारलाई निलम्बन गर्न लागेको छ । उक्त एयरलाइनले युनिट युनियनँग यसबारे सम्झौता गरिसकेको बताइएको छ । जसअनुसार उसले क्याबिन क्र्यू, ग्राउन्ड स्टाफ, इन्जिनियर र मुख्य कार्यालयमा काम गर्ने कर्मचारी गरी ८० प्रतिशत कर्मचारीलाई हटाउनेछ ।

 

रिपोर्ट अनुसार ब्रिटिश एयरवेजले कुनै पनि कर्मचारीलाई यसअघि आवस्यकभन्दा धेरै भनेको छैन । जानकारी अनुसार कर्मचारी हटाउने काम प्रक्रियामै रहेको बताइएको छ । ब्रिटिश एयरवेजले यसअघि मंगलबार नै गेटविक एयरपोर्टबाट अस्थायी रुपमा आफ्नो उडान स्थगित गरेको घोषणा गरेको थियो । गेटविक एयरपोर्ट बेलायतको दोस्रो बढी व्यस्त एयरपोर्ट हो । कोरोना भाइरस महामारीको संकटका कारण ब्रिटिश एयरवेजले यस्तो निर्णय गरेको जनाएको थियो । कोरोनाका कारण विश्वमा पर्यटन व्यवसायसँगै विमान कम्पनीहरुको अवस्था पनि चिन्ताजनक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु