काठमाडौ । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण एक विश्व चर्चित वैज्ञानिकको मृत्युले विश्व शोकाकुल बनेको छ । भारत मुलकी दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीले कोरोना भाइरसका कारण ५० बर्षको उमेरमा ज्यान गुमाएकी हुन् । उनले भारतको हाईस्कूलमा अध्ययन गरेकी थिइन् । त्यपछाडि गीता दक्षिण अफ्रिकामा बस्दै आएकी थिइन् । उनि उत्कृष्ट महिला वैज्ञानिकबाट पुरस्कार र सम्मानित पाएकी थिइन् । गीताले १९८० मा रसायन विज्ञान र भौतिक विज्ञानमा बीएससी गरेकी थिइन् ।

उनको विवाह भारतीय मूलका व्यक्तिसँग दक्षिण अफ्रीकीमा भएको हो । त्यसपछि उनि साउथ अफ्रीका गइन् । उनि निमोनिया देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । अहिले उनको निधनको खबरले सिंगो विश्व शोकमा डुबेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु