काठमाडौ । एक अनलाइनमा प्रकाशित समाचार हटाइएकोबारे विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू एक जुट भएका छन् । उनीहरु यो विषय छानबिन गरेर दोषीमाथि कारबाही गर्न एकमुष्ट माग गरेका छन् । २१ जना सम्पादकहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंप्रेस डटकमको समाचार हटाइएको विषयमा छानबिन गर्न माग गरेका हुन् ।

 

काठमाडौं प्रेसले छापेको ‘चीनबाट झिकाएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ शीर्षकको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको विषयमा आफूहरूको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघले पनि आजै विज्ञप्तिमार्फत यो विषयमा छानबिन हुनुपर्ने माग गरेको छ । यस्तै, सम्पादकहरूले केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिस संविधानको मर्मविपरीत भएको निष्कर्ष पनि निकालेका छन् । नेपाल प्रेस काउन्सिलले १९ वटा अनलाइनहरू नेपालमा प्रकाशन र प्रसारण हुन नपाउने गरी बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरे लगत्तै सम्पादकहरूले त्यसमाथि आफूहरूको ध्यानाकर्षण भएको जनाएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु