काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । कुल १० लाख १७७ जना संक्रमित हुँदा ५१ हजार ३५६ जनाको ज्यान गएको छ । निको हुनेहरुको संख्या २ लाख १० हजार १९९ रहेको छ । संक्रमितहरुको तुलनामा सबैभन्दा पहिलो नम्बरमा २ लाख ३५ हजार ७४७ संख्याका साथ अमेरिका पहिलो स्थानमा रहेको छ ।

यहाँ ज्यान गुमाउनेहरुको संख्या ५ हजार ६२० पुगेको छ, भने निको हुनेहरुको संख्या १० हजार ३२४ रहेको छ । यस्तै संक्रमितहरुको संख्यालाई हेर्दा दोस्रो नम्बरमा इटली रहेको छ । जहाँ कुल १ लाख १५ हजार २४२ जना संक्रमित भएका छन् । तर इटली ज्यान गुमाउनेहरुको सुचीमा पहिलो नम्बरमा आउँछ । यहाँ अहिलसम्म १३ हजार ९१५ जनाले ज्यान गुमाउँदा निको हुनेहरुको संख्या १८ हजार २७८ रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अब संक्रमितहरुको संख्याका आधारमा तेस्रो तर ज्यान गुमाउेहरुको सुचीमा दोस्रो स्थानमा रहेको देशको कुरा गरौं । यो देशको नाम हो स्पेन । यहाँ १ लाख १० ३३८ जना संक्रमित हुँदा १० हजार ९६ जनाले ज्यान गुमाएका छन् । जानकारी अनुसार यहाँ निको भएर जानेहरुको संख्या २६ हजार ७४३ रहेको छ । तपाँईलाई यो सत्य थाहाँ पाउँदा थप डर लाग्न सक्छ कि बितेको २४ घण्टामा कोरोनाका कारण नयाँ ६५ हजार भन्दा धेरै संक्रमित हुँदा ४ हजार भन्दा धेरैले ज्यान गुमाएका हुन् । यो संख्या हरेक दिन यसरी नै बढ्दैछ ।

सम्बन्धित खबरहरु