काठमाडौ । विश्वभर संकटका रुपमा देखा परेको कोरोना भाइरससँग आज विश्व ल ड्दैछ । विश्वका सबै वैज्ञानिकहरु यसको समाधान खोज्न तर्फ लागेका छन् । अहिले सम्मको जानकारी अनुसार विश्वभरबाट १० लाख १६ हजार २७८ जना संक्रमित भएका छन् । अहिलेसम्म ५३ हजार २३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा नै २ लाख १३ हजार १२६ जना नयाँ संक्रमित पुगेको छ । कोरोना भाइरसको केन्द्रमा अहिले अमेरिका रहेको छ ।

 

अमेरिकामा अहिले २ लाख ४५ हजार ३४१ संक्रमित हुँदा ६ हजार ९५ जनाको ज्यान गएको छ । १० हजार ४०३ पछिल्लो २४ घण्टामा संक्रमित भएका छन् । अहिले अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनु भएको हो । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको बताएका छन् ।

 

पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी पनि गरिएको छ । अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो । मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखायो । जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ । विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी (रोग प्रतिरोधक) ले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन् । शोधकर्ताहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु