फेसबुकबाट साभार । Future of Humanity Institute, University of Oxford साथै अरु १५ जना उत्कृस्ट डेटा साइन्टिस्टहरुले बनाएको मोडेलले हाम्रो देशको बारेमा यस्तो अनुमान गरेको छ।

  • हामिसंग पर्याप्त मात्रामा परिक्षण उपकरण नभएको कारण मात्र नदेखिएको हो तर हालमात्र २००० जना नेपालि ब्याक्तिमा कोरोनाको संक्रमण छ।
  • हामीहरु अब बिस्तारै ‘हाम्रोमा आएन’ भनेर हाम्रा पुरानै दैनिकीमा फर्कन थाल्छौ जसको कारण बैशाखको अन्तिम बाट एकसाथ धेरै जनामा कोरोना देखिनेछ र यो दर भदौ सम्ममा पिकमा पुगेर झर्छ।
  • हाम्रोमा दशैँ आउछ हामीहरु अब त गयो भनेर दशैँ मनाउन थाल्छौ तर फेरि यहि बेला हाम्रोमा संक्रमण फैलिएर अर्को वर्षको माघ तिर बल्ल सकिन्छ।

यो उनीहरुले बनाएको मोडेलले दिएको प्रेडिक्सन हो। हरेक प्रेडिक्सन साँचो हुन्छा भन्ने होइन। तर उनीहरुको मोडेल र डेटा सेट हेर्दा मुख्य लजिक बाहेक हाम्रो ‘कन्ट्री डेटा एट्रिभ्युट’ का ३ कुरालाई आधार बनाएका छन्।

  • हाम्रो भारतसंगको खुल्ला सिमानाको र भारतसंगको सास्कृतिक र सामाजिक निकटताको कारण त्यहाको प्रभाब।
  • हाम्रा जनताको आचारण (अलिकति कम हुना साथ् गोरु मिच्याई गर्ने प्रवृति।) साथै आफुलाई नपर्दा सम्म सिरियस नहुने बानि।
  • हाम्रा सास्कृतिक चाड पर्ब।

हामीहरु भारतको सिमावर्ती क्षेत्रको गतिबिधिमा नियन्त्रण राख्न सकियो र आफ्नो आचरण सुधार गरियो भने यो मोडेल ‘Failure’ हुन सक्छ जुन हाम्रो लागि सुखद हो। -इन्जिनियर सुमन लम्सालको फेशबुकबाट साभार

सम्बन्धित खबरहरु