कास्कि । मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले शुरु गरेको लकडाउन पूर्ण पालना गरी आपूm बच्न र अरुलाई पनि बचाउने अभियानलाई सहज र सार्थक पार्न आम जनसमुदायलाई आग्रह गरेको हो । सङ्घका अध्यक्ष असफल गौतम र महासचिव सुशील श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लकडाउन अवधिमा कोही भोकै मर्न नपरोस् भनेर तीनै तहमा निर्देशन दिई वास्तविक पीडित श्रमिकलाई दैनिक जीविकोपार्जनका लागि स्थानीय सरकारसमक्ष सम्पर्क राख्न भने पनि उनीहरूले राहत पाउन नसकेका प्रति चासो व्यक्त गरिएको छ ।

दैनिक ज्यालादारी र विपन्नको लगत सङ्कलन गरी राहत दिने भनेता पनि वडामा सङ्कलित फारममा फ्ल्याट भाडावाला, उच्चपदस्थ कर्मचारी, विभिन्न पसलवाला, पेन्सनवाला हुँदाहुँदै घरधनीवालासमेतले फारम भरेको अनुगमनका क्रममा फेला परेको हुँदा त्यसप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । झन्झटिलो राहत वितरणलाई छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन पनि सङ्घले माग गरेको छ । कोभिड–१९ विरुद्ध सरकार पूर्ण तयारी अवस्थामा छ भनिरहेको बेला पोखराकै ठूलो अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य अवस्थाका बिरामीले समेत उपचार नपाएर खाली चौरमा रात बिताउनुपरेको समाचारप्रति पनि सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु