काठमाडौ । नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले भर्खरै गरेको पुष्टि अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा ३४ बर्षीय महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका थिए भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ। आजबाट नेपालमा नै संक्रमित हुने भेटिएका छन् । यसले विदेशबाट आएको संक्रमण अब गाउँ बस्तीमापनि फैलियो भन्ने देखाउँछ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताउनुभयो । तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=-IbFZl814HY

कोरोना नियन्त्रण तथा रोकथाम थप प्रभावकारी बनाइने
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई बोलाएर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा अहिलेसम्म भए गरेका कामबारे जानकारी लिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । छलफलमा स्वास्थ्य निर्देश(नालयका अधिकारीहरुले अहिलेको असाधारण परिस्थितिमा आन्तरिक तयारी सन्तोषजनक रहेको मुख्यमन्त्री भट्टलाई जानकारी गराइएको बताइएका छन् ।

 

खाद्यान्न सङ्कलन

कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण खाद्यान्न राहत कोषमा १०० भन्दा बढी क्विन्टल राहत सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने वर्ग, अति विपन्न वर्ग, गरिब, असहाय र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले स्थापना गरेको खाद्यान्न कोषमा उक्त राहत सङ्कलन भएको नगरपालिकाले जनाएको छ । यहाँका विभिन्न बैंक तथा सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन भएको खाद्यान्नको झन्डै रु चार लाख ७१ हजार ५१० हुन आएको नगरप्रमुख हरिसिंह साउदले जानकारी दिनुभयो । राहत कोषमा अहिलेसम्म ११ वटा बैंक तथा सङ्घसंस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ । नगरपालिकामार्फत राहत वितरणका लागि तथ्याङ्क सङ्कलनको काम भइसकेकाले राहत वितरण शुरु गरिने जनाइएको छ ।

 

कोरोना रोकथाम कोष स्थापना

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सङ्क्रमणलाई ध्यानमा राखेर यहाँका स्थानीय तहले अलग्गै कोष स्थापना गरेका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि अलग्गै राहत कोष स्थापना गरी काम अघि बढाएका छन् । सो कोषमा सर्वसाधारण, सङ्घसंस्थालाई पनि सहयोग गर्न अपिल गरेका छन् । सो कोषमा जम्मा भएको रकम कोरोना नियन्त्रण, अतिविपन्न वर्गका लागि खाद्यान्न राहत वितरण गरिने जनाइएको छ । गोदावरी नगरपालिकाले रु एक करोडको राहत कोष स्थापना गरी विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिएको खाद्यान्न सामग्री सङ्कलन गरेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न थालेको नगरपालिकाका उपमेयर रत्ना कडायतले जानकारी दिनुभयो ।

 

यसैगरी घोडाघोडी नगरपालिकाद्वारा रु २५ लाख, चुरे गाउँपालिकाद्वारा, रु ५० लाख, गौरीगङ्गा नगरपालिकाद्वारा रु ११ लाख, जोशीपुर गाउँपालिकाद्वारा रु २० लाख, लम्की चुहानगरपालिकाद्वारा रु ३५ लाख, कैलारी गाउँपालिकाद्वारा रु ५० लाखको कोष स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि टीकापुर नगरपालिकाद्वारा रु ३६ लाख, भजनी नगरपालिकाद्वारा रु २८ लाख, बर्दगोरिया गाउँपालिकाद्वारा रु १५ लाख, मोहन्याल गाउँपालिकाद्वारा रु १० लाखको कोष स्थापना गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाद्वारा रु ५० लाखको कोष स्थापना गरिएको नगरप्रमुख नृपबहादुर बडूले जानकारी दिनुभयो ।

 

सङ्घ, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत समिति गठन गरेर मापदण्डका आधारमा सङ्कलन भएको राहत गाउँपालिका/नगरपालिकाको संयोजनमा गरिब, असहाय, अपाङ्गता भएका र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाइएको जनाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सङ्क्रमणलाई ध्यानमा राखेर यहाँका स्थानीय तहले समिति गठन गरेर राहत वितरणको कार्यलाई अघि बढाइ रहेका छन् ।

सम्बन्धित खबरहरु