बीर बहादुर वली । हामीले अहिले कोरोना भाइरसको नोक्सान मात्रै देखिरहेका छौ । तर मान्छेले प्रकृतिमाथि कतिसम्म ज्यादती गरेको छ, कसैले सोचेको छैन । विकास र समृद्धिका नाममा प्रकृतिलाई समाप्त पार्न खोज्ने, सम्पुर्ण जीव जनवारमाथि आफ्नो कब्जा जमाउन खोज्नेहरुले बेलैमा सोच्नुपर्छ, नत्र मानव जाती नै संकटमा पर्न सक्छ । हामी मान्छेहरु ठिक ठाउँमा बस्न नसक्ने हो भने कोरोना भन्दा अर्को कुनै संकट आएर हामीलाई डायनेश्वर बनाउँन प्रकृतिले कुनै समय खर्चनु पर्दैन । हामीले यति धेरै अत्याचार गरेका छौ कि त्यसको कुनै लेखा–जोखा नै छैन । मान्छेहरु मुसा, सर्पलगायत जनावर खाइरहेका छन् ।

सबैलाई थाहाँ छ वातावरण सफा राख्नको लागि सर्प लगायत जनावरहरु हाम्रा वपरपर हुनुपर्छ । यो पनि दुनियाँ जान्दछ कि हामीसँग जंगल हुनुपर्छ । तर मान्छेले कहाँ सुन्छ र प्रकृतिको कुरा । कहिले विमानस्थल बनाउने नाममा, कहिले के, कहिले के बनाउने नाममा भएको जंगल मासिएको छ । जंगलमा भएका जनवार सि कार गरिएको छ । साँच्चै भन्ने हो भने एक प्रकारले कोरोनाले मान्छेलाई गत्तिलो पाठ सिकाइरहेको छ । आज सिंगो विश्व समुदाय घरमा बन्द छ । तर जनवार सडकमा खुलेयाम घुम्दैछन् । यस्तो लाग्छ उनीहरुले मान्छेले बनाएको आधुनिक शहर भ्रमण गर्दैछन् । मान्छे त अहिले बिचरा भएको छ, एकदम कायर भएको छ । जुनसुकै धर्मको किन नहोस् उ आज प्रकृतिका अगाडी नतमस्तक भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गाउँमा आरामले बसेकाहरुलाई अहिले पनि कोरोना भाइरसका बारेमा केही मतलब छैन । तर आधुनिक भन्दै शहर पसेकाहरुको हालत खराब भएको छ । अझ युरोप, अमेरिका, जापान, चीन लगायत देशहरुमा गएकाहरुको अवस्था त थप चिन्ताजनक छ । मान्छेहरु भन्दैछन् चोक्टा खाना गएको थियो झोलमा डुबेर म र्यो । अहिले पनि हामीमा मानवता भन्ने कुरा पट्टक्कै छैन । अरु म रोस, बाँचोस मतलब छैन तर आफु चाँही जसरी नि बाँच्नुपर्छ । केही दिन पहिले खबर आएको थियो कि चीनले फ्रान्सलाई दिएको माक्स अमेरिकाले ३ गुणा धेरै पैसा तिरेर बीचबाटै आफुले लिएर गयो ।

फ्रान्सका मान्छे म रुन, बाँचुन त्यो अमेरिकालाई के मतलब भन्ने जस्तो देखियो । खर्बौ सम्पती भएर के गर्ने ? प्रकृतिले दिएका सजायका अगाडी कसैले केही गर्न सक्दैन । यो पृथ्वीमा प्रकृति भन्दा महान अरु कोही छैन । मान्छेहरु विकासका नाममा यसरी नै पा गल हुँदै जाने हो भने त्यसको परिणाम के हुन्छ कोरोना एक संकेत मात्रै हो । आज जंगली जनवारले शहरमा बस्ने हामीलाई हामीले बनाएको हाम्रै सडकमा निस्केर जिस्काउँदैछन् । जनवार हामीलाई, ‘आफुलाई सर्वश्रेष्ठ भन्थ्यो एक भाइरससँग लुकेर बसेको छ’ भन्दैछन् । सधैं कालो मुस्लोले ढाकिएको पडाहले पनि हामीलाई गिज्जाउँदैछ । कोरोनका कारण आज आकाशले पहिलोपटक स्पष्टसँग धर्ती देख्न पाएको छ । विभिन्न उद्योग धन्दाका नाममा हामीले धर्तीमा यति अत्याचार गर्यौ कि यो हटाउनका लागि पनि प्रकृति आफैं आउँनुपर्यो । विगतका वर्षहरुजस्तो यस वर्ष न घाम लागेको छ न पानी परेको छ ।

हामीले प्रकृतिको प्रणाली नै खत्तम गर्ने खेलमा लागेका थियौ तर आज उसैले हामीलाई अस्तिव समाप्त पार्ने मोडमा ल्याएर छोडेको छ । आज पहिलोपटक उ त्यो डाँडा पारीको पहाडले शहर देख्न पाएको छ । अर्को तिर सेतै देखिने हिमाललाई पनि यो शहर र यहाँ भएका अग्लाअग्ला भवनहरुले मज्जाले हेर्न पाएका छन् । आकाशमा कुनै जहाज उड्दैछन् । पंक्षीहरु स्वतन्त्र भएर उडेका छन, सडमा गाडी देखिएको छैन । बाघ, भालु, सर्प लगायत जनवार हिड्दैछन्, हिड्दैछन् पनि के भन्ने मान्छेहरुले बनाएको शहर कस्तो रहेछ भनेर भ्रमणमा निस्केका हुन् ।

हामीले उनीहरुको बास भत्काएर आधुनिक र विकसित शहर निर्माण गरेपछि विचरा बास हराएको बाघ पहिलोपटक स्वतन्त्र महसुस गर्दैछ । आज विश्वका धेरै देशहरुको हावा सफा भएको छ । चीनको वुहान शहरमा लकडाउन भएपछि झण्डै महिना दिनपछि हेर्दा आकाश खुलेको देखियो । भारतका शहरहरु पनि विस्तारै खुल्दैछन् । नेपालको काठमाडौं पनि पहिले भन्दा सफा भएको छ । आज मान्छेले मान्छे बनाउँने कारखाना पनि बन्द छन् र त प्रकृति खुःशी देखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु