काठमाडौ । ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ । यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी र अन्य कागजात रोबोटका क्यामेरामा देखाउनुपर्छ, जसलाई हेरेर अधिकारीहरुले उनीहरुको जाँच गर्छन् । ट्युनिसियामा कोरोनाका कारण १४ को जनाको मृत्यु भइसकेको छ ।

 

अहिले लकडाउन दोस्रो सातामा छ । मानिसहरु अत्यावश्यक सामाग्री र औषधी खरिदबाहेक अन्य काममा बाहिर निस्कन पाउदैंनन् । यस उत्तर अफ्रिकी देशमा अहिलेसम्म ४ सय ३६ जनामा संक्रमण देखिइसकेको छ । इभोना रोबोटिक्स कम्पनीले यस रोबोट निर्माण गरेको हो । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=l9mpSuWE7gw

सम्बन्धित खबरहरु