काठमाडौ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । यो सूचना दिन लाईभ मिडियामा आएका मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अरुभन्दा अलिक भिन्न र भावुक रुपमा प्रस्तुत भए । उनले थप तीन जनामा कोरोना भाइरस पुष्टि भएको र एक जनाको ट्राभल हिष्ट्री नभएर स्थानीयबासी भएको यसैले अब अझै सचेत हुनुपर्छ भन्दै आग्रह गरे ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् । ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो उनले थपे ।’

 

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने उनले बताए । यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए । अब योसँगै ९ जना संक्रमित भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=-IbFZl814HY

सम्बन्धित खबरहरु