काठमाडौ । के एल दुगड समुहले बाके जिल्लाको कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ मा ४०० परिवारलाई, चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वार्डहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई वार्ड अफिसको समान्वयमा बितरण गरियो । उक्त खाद्य समाग्री बितरणमा बितरण गरिएको वडाका वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।

कोरोना महामारीले गर्दा कोहीपनि परिवार भोक भोकै बस्न नपरोस्भन्ने हिसाबमा  खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य समाग्री बितरण गरिएको कुरा के. एल. दुगड समुहका प्रदिप छाजेडले बताउनु भयो । उक्त समुहले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्गहरुलाई सधै सहयोग गर्दै आइरहेको र भबिष्यमा पनि गरिरहने कुरा ब्यक्तगर्नु भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=gAvCxc1C3kE

सम्बन्धित खबरहरु