काठमाडौ । अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । अमेरिकाबाट एक नेपाली चेलीले नेपाल र भारतियहरु प्लिज जोगिनुहोस् भन्दै भिडियोमा आएकी छिन् । उनले विश्व कोरोना भाइरसबाट हारिसक्यो । नेपाल भारत जस्ता देशमा यो आउट ब्रेक भयो भने मानव जाती रहँदैन । प्लिज नेपाली र भारतिय जोगिनुहोस् । उनले बारम्बार आग्रह गरेकी छिन् । हेरौ उक्त भिडियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=W4Hh0xhaARc

लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

 

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत शुरु भइसकेको छ । उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान शुरु भएको छ । बन्दाबन्दी शुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको महाअभियानले जनाएको छ ।

 

बन्दाबन्दीका कारण नदी किनारमा निस्कन नसके पनि गत हप्ता शनिबार अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेका थिए । पूर्वसचिव एवं सफाइ अभियानकर्मी किशोर थापाले सफाइ महाअभियानको सामाजिक सञ्जाल समूहमा शुरुको नारा पोष्ट गर्नुभएपछि घरवरपर सफाइ गर्ने अभियान शुरु भएको थियो । उहाँले नै सामाजिक सञ्जालमा अन्त्यको नारा राख्नुभएपछि कार्यक्रम स्थगन भएको थियो । बन्दाबन्दीअघि हप्तामा दुई घण्टा सफाइ हुने गरेकामा घरवरपर गर्दा भने निरन्तरताका लागि एक घण्टा गरिएको अभियानकर्मीले जनाएका छन् ।

 

चैत २२ गते शनिबार पनि सबै अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । वाग्मती नदी किनार नजिकै तिलगङ्गा क्षेत्रमा घर भएका कारण अभियानकर्मी माला खरेलले भने एक्लै भए पनि नदीमै गएर सफाइ गर्नभयो । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सञ्चालक सदस्यसमेत रहनुभएकी खरेल आफू बन्दाबन्दीका बेलासमेत बिहान बेलुका नदी किनारको बाटो भएर प्रभातकालीन हिँड्डुल गर्ने गरेकाले शनिबार बिहान सफाइसमेत गरेको बताउनुभयो ।

 

सम्बन्धित खबरहरु