काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म १२ लाख ५ हजार ८०१ जना संक्रमित हुँदा ६४ हजार ९७३ जनाले ज्यान गुमाएका छन् । यस्तै २ लाख ४७ हजार ९६१ जना निको भएका छन् । १३० करोड जनसंख्या भएको भारतलाई २१ दिनलाई बन्द गरेको आज १२औं दिन पुगेको छ । यो बीचमा दैनिक ज्याला मजदुरी गरेर आफ्नो र परिवारको पेट पाल्नेहरुको अवस्था नाजुक भएको छ । मान्छेहरु एक कप चिया र बिस्कुट खाना पाए पनि खुःशी हुन्छन् ।

यस्तै एक तस्विर अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भएको छ । यसमा ४ वटा बिस्कुट पाउँदा बच्चाको मुहारमा देखिएको खुःशीको वर्णन गरिएको छ । यो तस्विरलाई सामाजिक अभियान्ता रुक्ष्मणि कुमारीले सेयर गरेकी हुन् । स्टार फाउन्डेसनकी संस्थापक उनी लामो समय देखि सामाजिक सेवामा काम गर्दै आएकी छिन् । यो तस्विरसँगै उनले लेखेकी छिन, ‘उनको अनुहारमा मुस्कान अमूल्य छ ।’ भारतमा पछिल्ला केही दिनहरुमा भोकका कारण पनि केही मान्छेहरुले ज्यान गुमाएका घटनाहरु आइरहेका छन् । भारतमा पल्लिो आँकडा अनुसार ज्यान गुमाउनेहरुको संख्या १०० नाघेको छ भने संक्रमितहरु पनि ३ हजार ५०० भन्दा धेरै भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/KumariRukshmani/status/1246728488788406272?fbclid=IwAR2jmz2uMkI5p3HcO4Xl3gZ7owP3XDsv5O5NyCzjNtdbfmD7XBVQshJD7E4

सम्बन्धित खबरहरु