काठमाडौं । भारतको असममा आइतवार राति शक्तिशाली भूकम्पको झट्का महसूस गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भूकम्पको ठूलो धक्का विशेष गरी गुवाहाटी र राज्यका अन्य भागहरूमा पनि महसुस गरिएको छ । यद्यपि यस सम्बन्धमा थप जानकारी भने आइसकेको छैन । जानकारी अनुसार भुकम्प ४.४ रेक्टर स्केल परिमाणको आएको थियो । रातको ११:२० तिर नागाउँको धिंगको २४ किलोमिटर पूर्वमा भूकम्पको केन्द्र रहेको बताइएको छ ।

कोभिड–१९ बिरूद्ध राष्ट्रव्यापी लकडाउनको बीच एकता प्रदर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति ९ बजो मात्रै ९ मिनेट मैनबत्ती, टर्च बालेर एकता देखाउन अनुरोध गरेका थिए । त्यसको केही क्षण पछि गुवाहाटी र असमका अन्य भागहरूमा भूकम्पको धक्का महसुस गरिएको हो । अहिलेसम्म कुनै हानी वा सम्पत्तिमा क्षति भएको खबर आएको छैन । धक्कापछि मान्छेहरुको भागाभाग भएको थियो । कोरोना भाइरसको कुरा गर्दा भारतमा संक्रमितहरुको संख्या ४ हजार २८९ हुँदा ११८ जनाले ज्यान गुमाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/ANI/status/1246860550140764164?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1246860550140764164&ref_url=https%3A%2F%2Fwww.amarujala.com%2Findia-news%2Fassam-earthquake-tremors-felt-in-guwahati-and-other-parts-of-the-state

सम्बन्धित खबरहरु