Jaya Baba काठमाडौ । लकडाउनको अवधि एक साता अझै लम्ब्याउन भएको छ । आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सोही बैठकमा यो प्रस्तावलाई पारित गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहने गरी प्रस्ताव गर्न लागेको उनले भने । भारतमा अझै लकडाउन कायमै रहेको र नेपालमा कोरोना महामारीको दोस्रो चरण प्रवेश भएकाले लकडाउन अझै जरुरी रहेको समिति र विज्ञहरुको ठम्याई छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ । Tyre Marmad Centre

सम्बन्धित खबरहरु