काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । समाजवादी पार्टी र समाजवादी दलित मुक्ति महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी लकडाउनका कारण दिनभर काम गरेर छाक टार्ने मजदूरको दैनिकीमा नै समस्या देखिएको भन्दै सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो । कोभिड–१९ का कारण विश्वभरि फैलिएको महामारीलाई नियन्त्रण गर्न नेपालका सबै राजनीतिक दलले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर लाग्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु