काठमाडौं । कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो । सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी सवारी साधन प्रयोग गरिएको थियो । एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले आफ्नो गाडीमा ती विरामीलाई खाडीचौर लानुभएको थियो ।

सम्बन्धित खबरहरु