काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसबाट बच्न सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत शाहले फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था सृजना भएको बताउदै परीक्षणलाई तिब्र बनाउन सुझाव दिएका छन् । उनले अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नरहेकोले थप सुरक्षा अपनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था महसुस गर्न सकिन्छ । यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तिब्र बनाउनु जरुरी हुन्छ । अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नआइसकेको प्रतित हुन्छ ।’ शाहले यसअघि पनि सरकारको ध्यान गरीब, निमुखा नागरिकप्रति नपुगेको टिप्पणी गरेका थिए । यस्तो शैलीको शासनले नकारात्मकता मात्र पैदा गर्नेतर्फ सचेत गराउँदै ट्वीटरमा उनले लेखेका थिए, ‘देश संकटमा परेका बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउनु सरकारको प्रथम दायित्व हो । गरिव, निमुखा नागरिकमा सरकारको ध्यान पुगेको देखिएको छैन । यसले नकारात्मकता पैदा गर्ने संभावनालाई जीवित राख्दछ जुन सर्वथा हितमा हुँदैन । प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ ।’

त्यस्तै, शाहले तीनदिनअघि पनि ट्विट गर्दे कुनै पनि बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य भएको औल्याएका छन् । उनले कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको बताउदै त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पार्ने तर्क ब्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/GBBShah/status/1247175427707121664

https://twitter.com/GBBShah/status/1246851784179507206

https://twitter.com/GBBShah/status/1246846365042216962

https://twitter.com/GBBShah/status/1246466153221779456

https://twitter.com/GBBShah/status/1246107862146805760

सम्बन्धित खबरहरु