काठमाडौ । चर्चित पूर्व क्रिकेटर एक भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरले कोरोनाभाइरससँग लड्न आर्थिक सहयोग दिने बताएका छन् । तर आर्थिक मद्दतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन्, ‘पैसाको कुनै समस्या छैन, तपाईले कतैबाट पीपीई (व्यक्तिगत सुरक्षा उपकरण) र कोरोना टेष्ट किट उपलब्ध गराइदिनु ।’ भाजपा सांसद गौतम गंभीरले कोरोनाभाइरस महामारीको विरूद्ध लड्न दिल्लीको सरकारलाई उनको सांसद कोषबाट ५० लाख (भारु) रुपैयाँ दिएका छन् ।

केजरीवालले ट्वीट गरे, ‘गौतम जी, तपाईको सहयोगका लागि धन्यवाद, तर समस्या पैसाको होइन, पीपीई किटको छ । यदि तपाईं हामीलाई तुरून्तै कतैबाट पनि पीपीई किटहरू उपलब्ध गराउन मद्दत गर्न सक्नुहुन्छ, हामी तपाईंलाई धन्यबाद दिन्छौं। दिल्ली सरकारले तुरुन्तै पीपीई किट किन्ने छ ।’ यसभन्दा पहिले पूर्वी दिल्लीका सांसद गौतम गंभीरले केजरीवाललाई पत्र लेखेका थिए।

 

यसमा उनले भने, ‘उपमुख्यमन्त्री मनीष सिसोदियाले भनेका छन् कि दिल्लीमा चिकित्सा उपकरणहरूको बढ्दो मागलाई पूरा गर्न पैसा चाहिन्छ । यसलाई ध्यानमा राख्दै म सांसद कोटाबाट ५० लाख (भारु) रूपैयाँ दिने संकल्प पुनः दोहोर्‍याउँछु । मलाई आशा छ कि यी रकमहरूको साथमा मेडिकल स्टाफको सुरक्षा उपकरण र कोभिड–१९ बिरामीहरूको आवश्यकताहरू पूरा हुनेछन् ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु