काठमाडौ । कोरोना भाइरसले विश्वभरी नै अझै उच्च मानवीय क्षति बनाइरहेको छ । विश्वभरी ७४ हजार ७ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसमा विश्वका प्रतिष्ठित र शक्तिशाली मानिसहरुपनि परेका छन् । यही क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाईपनि कोरोना भाइरस संक्रमण देखिएको थियो । संक्रमणपछि उनी आफ्नै घरको होम आइसोलेशनमा बसेका थिए ।

 

तर संक्रमणले जटिल बनाउँदै लगेपछि उनी लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका छन् । स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए। अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु