काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट विश्वका महाशक्ति राष्ट्रहरु समेत गलेको निश्कर्ष निकालेका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै उनले महाशक्ति राष्ट्रहरु समेत आच्छुआच्छु भएका बेला आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । उनले मेडिकल सामाग्री खरिद प्रक्रियामा काम नै गर्न नदिएको गुनासो समेत गरे । कहि कतै अनियमितता भएको भए निर्ममतापूर्व निर्णय गर्न सरकार तयार रहेको स्पष्ट समेत पारेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु