काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल सामाग्री खरिदमा कुनै भ्रष्ट्राचार भएको रहेछ भने निर्ममता पूर्वक निर्णय लिन सरकार तयार रहेको दोहोर्याएका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै उनले तर काम नगर्दै मिडिया र केही समुहले मनोवल नै गिराउने गरी हल्ला फिजाएकोमा दुखेसो व्यक्त गरे । उनले भने राज्यका अंगहरुले विधि र प्रक्रिया हेर्ने अधिकार भन्दा माथी उठेर यो सरकारले काम गर्ने छैन । गरेको केही भेटिएमा निर्मम निर्णय लिन यो सरकार तयार छ ।

 

साथै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट विश्वका महाशक्ति राष्ट्रहरु समेत गलेको निश्कर्ष निकालेका छन् । महाशक्ति राष्ट्रहरु समेत आच्छुआच्छु भएका बेला आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

 

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । उनले मेडिकल सामाग्री खरिद प्रक्रियामा काम नै गर्न नदिएको गुनासो समेत गरे । कहि कतै अनियमितता भएको भए निर्ममतापूर्व निर्णय गर्न सरकार तयार रहेको स्पष्ट समेत पारेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=P6wana3mdm4&t=3s

सम्बन्धित खबरहरु