काठमाडौ । कोरोना भाइरसका कारण अमेरिकामा ४ जना नेपालीहरुले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा रहेको नेपाली दुतावास पनि एक्सनमा आएको छ । संक्रमित नेपालीहरुको संख्या अहिले एकिन भने भएको छैन । मृतकहरुको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । यो सँगै अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले विभिन्न सुचना जारी गर्दै अमेरिकामा बस्ने नेपालीहरुलाई विशेष अपिल गर्नुभएको छ ।

 

कोरोना भाइरसका कारण अमेरिका निकै कमजोर भएको छ । अहिले भारत लगायत देशहरुसँग सहयोगको अपिल गर्दैछ । विश्वभर १३ लाख ४७ हजार ३४३ जना संक्रमित हुँदा अमेरिकामा मात्रै ३ लाख ६७ हजार ६२९ पुगेको छ । यस्तै विश्वभर ७४ हजार ७६९ जनाले ज्यान गुमाउँदा अमेरिकामा अहिलेसम्म १० हजार ९४१ जनाले ज्यान गुमाएका छन् । यो सँगै विश्वभर २ लाख ८४ हजार ८८२ जना निको पनि भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था बिग्रिएपछि उनलाई सघन कक्ष अर्थात आइसीयुमा लगियो । जोनसनलाई आइतवार राती अस्पतालमा भर्ना गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

इटाली र स्पेनपछि अमेरिकामा मर्नेको संख्या दश हजार नाघेको छ । इटलीमा १६ हजार ५२३ जनाले ज्यान गुमाउँदा स्पेनले १३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । संक्रमणको कुरा गर्दा स्पेनमा १ लाख ३६ हजार ६७५ पुग्दा इटलीमा १ लाख ३२ हजार ५४७ पुगेको छ । अमेरिकाको न्यु योर्क सबैभन्दा बढी प्रभावित भएको हुँदा बन्द अप्रिल २९ सम्म बढाइएको छ । चीनमा पनि पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोनाबाट मृत्यु भएको छैन । एएफपीका अनुसार जनवरी पछि यो पहिलो पटक हो, यहाँ कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन । इटाली र स्पेन पछि, अमेरिकामा धेरैको मृत्यु भएको छ तर संक्रमितहरुको संख्याका आधारमा अमेरिका अन्य देशहरु भन्दा धेरै माथि छ । सबैभन्दा प्रभावित न्यूयोर्क राज्यमा ४ हजार हजार ७५८ जनाको मृत्यु भएको छ ।

 

यो संख्या सिंगो अमेरिकाको झण्डै ५० प्रतिशत हो । राज्यमा एक लाख ३१ हजार ९१६ भन्दा बढी संक्रमित छन् । यहाँका अस्पतालहरु बिरामीले खचाखच भरिएका छन् । अहिलेसम्म मात्रै १६ हजार भन्दा बढी मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ । यसैगरी अमेरिकाले १३ वटा विशेष विमानको साथ एशियाई देशमा फसेका आफ्ना २९ हजार नागरिकलाई फिर्ता लिएको छ । यी नागरिकहरू दक्षिण, मध्य एशियाली देश भारत, पाकिस्तान, बंगलादेश, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानमा फसेका थिए । यो जानकारी दक्षिण र मध्य एशियाई मामिलाका अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलिस वेल्सले प्रेस सम्मेलनमा दिएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु