काठमाडौँ । सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ । नेपाल प्रहरीले आज ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो । एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु