सर्लाही । १५ वर्षीया किशोरीलाई ज'बरजस्ती क'रणी गरेको अभियोगमा लालबन्दी नगरपालिका–१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई ज'बरज'स्ती क'रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यता कपिलवस्तु, बुद्धभूमि नगरपालिका-३ टाकु बक्टापुरस्थित कपिलबस्तु र अर्घाखाँचीको सिमानामा पर्ने जनजागृति सामुदायिक बनबाट भ'रुवा ब'न्दुक ४ थान र जनावरलाई पा'सो था'प्ने नाईलनको जाली ७ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा ब'न्दुक प'ड्केको आवाज आएपछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त ब'न्दुक तथा जाली फेला पारी बरामद गरेको हो । शि'कार गर्न आएका ब्यक्तिहरुले उक्त ह'तियार छोडी भागेको आशंकामा उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ र ५ को सिमानास्थित सडकमा रोकी राखेको भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको टोयटा गाडीबाट कालो रङको एयरग'न १ थान, सोही एयरग'नमा लाग्ने छ'र्रा १ सय ९६ थान, खैरो रङको एलआर ह'र्नेट १ नाल, गो'ली १४ रा'उण्ड, बिभिन्न बैंकका एटिएम ६ थान र नगद ७६ हजार ८ सय ७२ रुपैयाँ फेला पारी मंलगबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरिया र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उक्त हा'तहति'यार फेला पारी बरामद गरेको हो । उक्त गाडी धनी र चालकको खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु