काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेपछि त्रिभुवन विश्वविद्यालयले अनुसन्धानको काम अगाडि बढाएको छ । प्रभावित देशहरूमा कोरोना भाइरसको अनुसन्धान र उपचार विश्वविद्यालयबाट भइरहेको छ । त्यसैले नेपालमा पनि कोरोनाको अनुसन्धान गर्न विश्वविद्यालयलाई दबाब परेको हो । नेपालमा ११ वटा विश्वविद्यालय छन् । तर, प्रभावकारी अनुसन्धान भएको देखिँदैन । ढिलै भए पनि त्रिविले कोरोनाको अनुसन्धान थालेको छ । यसले सकारात्मक सन्देश दिएको छ ।

 

राष्ट्रिय प्रयोगशाला टेकुसँग मिलेर त्रिविले अनुसन्धानको काम अगाडि बढाएको छ । अहिले त्रिविको माइक्रोबायोलोजी, बायोटेक, बायोम्याटेरियल र फिजिक्स विभागलाई हामीले रिसर्चको प्रपोजल बनाउन निर्देशन दिएका छौँ उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? कतै रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं । तर, रिसर्च महँगो हुन्छ । उनले भनेका छन् । अर्थतन्त्र बलियो भयो भने रिसर्च राम्रो हुने हो । सबै रिसर्चको प्रतिफल आउँछ भन्ने पनि हुँदैन । लगानीको आवश्यक छ । अनुसन्धानका लागि कतैबाट लगानी जुटाउन सकिन्छ कि भनेर खोजिरहेका पनि छौँ उनको भनाई थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु