कैलाली । कैलालीको गोदावरी नगरपालिका –२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको अस्पतालमा भर्ना गर्न नमानेपछि ज्यान गएको छ । उनको उपचार नपाएर मृत्यु भएको हो । उनलाई बुधबार साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुरार्‍याइएको थियो । तर भट्टलाई अस्पतालले भर्ना गर्न मानेन, र केहीबेर त्यहि अलपत्र हुनु पर्यो, त्यहि क्रममा उनि बिते उनका आफन्तले बताए । प्रादेशिक अस्पताल धनगढी लगायत धेरै अस्पतालमा हारगुहार गरियो तर कसैले भर्ना गर्छौ भनेनन् ।

 

मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर अस्पतालले भेन्टिलेटर छैन भनेपछि उनका आफन्तले उनलाई घर ल्याए । घरमा पुर्‍याएको केही घण्टमै उनको मृत्यु भयो ।डाक्टरको तर्फबाट भने भेन्टिलेटर नभएको र अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझब दिएको राय थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु