काठमाडौं । विश्वमा कोरोना भाइरसलाई लिएर एक नयाँ टाउको दुःखाई सुरु भएको छ । विश्वका केही मानिसहरुमा कोरोना भाइरसका कुनै लक्षण नदेखिए पनि संक्रमण हुने गरेको छ । जानकारहरुका अनुसार संक्रमित १०० जनामा ३० जना त्यस्तै मान्छेहरु हुन्छन् । यो संख्या चीनमा वुहानमा धेरै रहेको बताइएको छ । अब यस्तो समस्या भारतमा पनि देखिएको छ ।

भारतको चर्चित पत्रिका दैनिक भास्करका अनुसार नयाँ दिल्ली केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार कोरोनाभाइरस संक्रमण फैलने बारे गम्भीर बयान दिएको हो । मन्त्रालयका सहसचिव लुभ अग्रवालले भने, ‘अब उपचार नहुने कोरोना संक्रमण पनि भारतमा फेला परेको छ । यो चिन्ताको विषय हो त्यस्ता बिरामीहरूमा पहिले कुनै लक्षण देखिदैन् । तिनीहरू स्वस्थ देखिन्छन्, तिनीहरूले संक्रमण फैलाउने बढी जोखिम रहेको छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तपाँईलाई जानकारी गराउँ अहिले सम्म संसारमा यस्ता प्रकृतिका ३० प्रतिशत भन्दा बढी संक्रमित फेला परेको छन् । जसमा पहिले कुनै लक्षणहरू देखिएका थिएनन् । अग्रवालले डाक्टर, नर्स र मेडिकल स्टाफ बीच संक्रमण फैलिएकोमा पनि चिन्ता व्यक्त गरे । उनले भने, ‘सरकार कोरोनाको उपचारमा संलग्न मेडिकल स्टाफलाई कोरोनाबाट जोगाउन सुनिश्चित गर्न काम गरिरहेको छ ।

यसका लागि उनीहरूलाई राम्ररी तालिम दिइनेछ । मानव संसाधन विकास मन्त्रालयले एक प्रशिक्षण मोडल ‘दीक्षा’ सुरू गरेको छ । यसमा डाक्टर, नर्स, प्यारामेडिकल, एनसीसी क्याडेट्स, रेडक्रस समाज र सबै प्रकारका स्वयंसेवकहरूलाई तालिम दिइनेछ ।’ उनका अनुसार एम्सले मेडिकल स्टाफलाई पनि प्रशिक्षण दिइरहेको छ ।

अग्रवालले कोरोना संक्रमण फैलिनबाट रोक्न प्रसारण श्रृंखला तोड्न प्रयास भइरहेको पनि जानकारी दिए । उनले भने, ‘यसका लागि निर्देशिका तयार पारिएको छ । राज्य सरकारहरू यसलाई पछ्याउँदै छन् र यसलाई रोक्न प्रयास गरिरहेका छन् । उच्च रक्तचाप र मधुमेहबाट पीडित बिरामीहरूलाई डेटा बाहिर निकाल्न र सावधानी अपनाउन भनेका छौ ।

केरलको पठानमथिट्टामा शंङकास्पद बिरामीहरूलाई प्रविधिको प्रयोगबाट पहिचान गरिएको छ । यसका लागि वार रुम र समूहहरू निर्माण भइरहेको छ । संगरोधमा बस्ने मानिसहरूलाई मनोवैज्ञानिक सल्लाह दिन्छौ ।’ उनले विदेशबाट केरला फर्केका धेरैले यात्रा को इतिहास लुकाएको आरोप लगाएका छन् । यस्तो अवस्थामा केरला सरकारले सबैलाई शंकास्पद ठान्दै उनीहरूलाई नियालिरहेको छ ।

गृह मन्त्रालयबाट एस श्रीवास्तवले राज्य सरकारहरुलाई ३.५ करोड मजदुरहरुलाई श्रम कोषमा सहयोग पुर्‍याउन निर्देशन दिइएको जानकारी गराएका छन् । उनले भने, ‘यसका लागि श्रम कोषमा केन्द्रले ८१ हजार करोड रुपैयाँ उपलब्ध गराएको छ । हालसम्म करिब २ हजार भन्दा धेरै मजदुरहरुलाई ३ हजार रुपैयाँ वितरण गरिएको छ ।

राज्य सरकारहरूले मान्छे धेरै भिड हुने स्थानमा लकडाउहरू कडा गरेका छन । त्यस्ता ठाउँहरूमा निरन्तर सरसफाई भइरहेको छ । क्षेत्र म्यापिङमार्फत निरन्तर अनुगमन भइरहेको छ । बैंकिंग, हुलाक कार्यालय र अन्य आवश्यक सेवाहरू प्रदान गर्ने संस्थानहरू नियमहरूको दायरा भित्र काम गर्दैछन् ।’

सहसचिव अग्रवालले भने, ‘हाइड्रोक्लोरोक्वाइनको कुनै अभाव छैन र अब कुनै कटौती हुन दिदैनौ । यद्यपि हामी यसको प्रयोगमा धेरै सतर्क छौं । यो औषधि आवश्यक पर्नेहरूलाई दिइयो । यो दर्ता गरिएको डाक्टरको सल्लाहमा मात्र दिइन्छ ।’

हाइड्रोक्लोरोक्वाइन औलोको बिरामीका लागि प्रयोग हुन्छ तर यस्को प्रयो अहिले कोरोना विरुद्ध लड्ने क्षमता विकासका लागि पनि भइरहेको छ । भारतले केही दिन पहिले लगाएको प्रतिवन्ध अमेरिकी दबाबमा खुलाएको छ ।

सम्बन्धित खबरहरु