काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पार्नुभएको हो । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उहाँले बताउनुभयो ।

आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उहाँले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तीन सय ९५ लाई राहत वितरण
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ३९५ जनालाई राहत वितरण गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने लक्ष्यका साथ सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी सञ्चालनमा समस्यामा परेका मजदूर एवं विपन्न वर्गका व्यक्तिलाई राहत वितरण गरिएको वडा सदस्य शान्ति आचार्यले जानकारी दिनुभयो ।

लक्षित वर्गको पहिचान गरी राहत वितरणका गर्न जनप्रतिनिधि, वडामा क्रियाशील ५१ टोल विकास संस्था, राजनीतिक दल एवं नागरिक समाजसँग समन्वय गरिएको थियो । राहतस्वरुप २५ किलो चामलको बोरासहित दुई किलो दाल, दुई किलो चना, एक लिटर तेल र एक किलो नून प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घरपरिवारको सङ्ख्या तीन जना मात्रै भएका व्यक्तिका लागि भने उक्त परिमाणको आधा राहत उपलब्ध गराइएको छ ।

सम्बन्धित खबरहरु