काठमाडौं । लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट दिएको छ । आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी दिनुभयो । सबै कोरोनाको महामारी नियन्त्रण तथा रोकथाममा लागेको बेला यादवको धनुषाधाम नगरपालिका–३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

यो पनि, पाँचथर जिल्लाको सर्वपक्षीय बैठकले सबै स्थानीय तहमा खाद्यान्नको मौज्दात राख्ने निर्णय गरेको छ । जिल्लाका आठवटै स्थानीय तहले स्थानीय तहभित्र खाद्यान्न उपलब्धताको अवस्थाको अध्ययन गरी अपुग हुने स्थानमा सरकारीस्तरबाटै खाद्यान्न खरिद गरी मौज्दात राखिने भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न लकडाउन लम्बिएको अवस्थामा खाद्यान्नको अभाव हुनसक्ने भएकाले मौज्दात राख्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बैठकले सबै प्रकारका राहत वितरण गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहहरुले वडाबाट राहत वितरण गर्ने तथा राहत दिन चाहने गैरसरकारी क्षेत्रले स्थानीय तहको माध्यमबाट राहत वितरण गर्ने निर्णय गरिएको जिसअ दाहालले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य सीता थेवेको उपस्थितिमा सम्पन्न बैठकमा जिल्लास्थित सरकारी निकाय, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा रेडक्रसका प्रतिनिधि सहभागी थिए ।

पाँचथर उद्योग वाणिज्य सङ्घले लकडाउन प्रभावितलाई राहत दिन स्थापना गरेको खाद्य बैंकमा सात हजार किलो खाद्यान्न र रु तीन लाख ५३ हजार नगद सङ्कलन भएको छ । खाद्य बैंकमा सात हजार १५५ किलो चामल, २७० किलो नुन, २०० लिटर खानेतेल र २४५ किलो दाल सङ्कलन भएको छ । सङ्कलित खाद्य सामग्रीको कूल बजार मूल्य रु पाँच लाख २० हजार रहेको छ । यस्तै रु तीन लाख ५३ हजार ८२० नगद जम्मा भएको सङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु